नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस महोत्तरीका नेता सुरेन्द्रप्रसाद सिंहको असामयिक निधनबाट आफू स्तब्ध भएको बताएका छन्।
महोत्तरी कांग्रेसका पूर्ब उपसभापति समेत रहेका सिंहको सोमबार निधन भएको हो।
सिंहको निधनप्रति दुःख व्यक्त गर्दै उनले सिंहले कांग्रेसका पक्षमा गरेको काम सदैब स्मरणीय रहने बताएका छन्। उपसभापति निधिले सिंहको आत्माको चीर शान्तिको कामना गर्दै सिंहप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
२०१३ सालमा जन्मिएका सिंह विद्यार्थीकालदेखि नै निरङ्कुश पञ्चायती ब्यवस्थाबिरुद्ध नेपाली काँग्रेसमा आवद्ध रहेर प्रजातान्त्रिकआन्दोलनमा होमिएका थिए। महोत्तरीबाट नेपालीकाँग्रेसको महासमिति सदस्य रहेका सिंह २०६४ सालको सम्विधानसभा निर्वाचनमा महोत्तरी–४ बाट नेकाको प्रत्यासी भएका थिए। सिंह प्रजातान्त्रिकआन्दोलनका त्रममा पटकपटक जेल परेका थिए।