नेपाली सेनाका पृतनापतिहरूको सम्मेलन सुरु भएको छ । भर्चुअल सहभागिता समेत रहेको सम्मेलन तीन दिनसम्म चल्ने नेपाली सेनाले जनाएको छ ।
सम्मेलनमा मुख्यत: कोरोना भाइरस नियन्त्रणमा भएका प्रयासको समीक्षा गर्दै आगामी दिनका रणनीतिबारे छलफल हुने सैनिक मुख्यालयले जनाएको छ। देशभरका आठवटै पृतनापतिहरुले आफ्नो क्षेत्रमा भएका कामकारबाहीबारे जानकारी दिनेछन् । सम्मेलनमा इटहरी, धनुषा, हेटौँडा, काठमाण्डु, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रहेका पृतनाहरूका कमाण्डरको उपस्थिति छ ।
सम्मेलनमा पूर्वी कामु पृतनापति सन्तोष ढकाल, मध्यपूर्वी पृतनापति सुरेश कार्की, मध्य पृतनापति ताराध्वज पाण्डे, उपत्यका पृतनापति आनन्दकुमार अधिकारी, पश्चिम पृतनापति गोकुल भण्डारी, मध्यपश्चिम पृतनापति सञ्जय थापा, उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डे, सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापा लगायत छन् ।उनीहरुले आआफ्नो क्षेत्रको सुरक्षा अवस्थाबारे ब्रिफिंग गर्ने र संगठनभित्रका समस्याबारे पनि छलफल गर्ने कार्यक्रम छ ।