राप्रपाका अध्यक्ष कमल थापालाई पनि कोरोना संक्रमण भएको छ ।
थापासहित उनकाे परिवारका अन्य सदस्यमा पनि सङ्क्रमण देखिएकाे थापाका स्वकीय सचिव दामाेदर वाग्लेले बताए।थापाकी धर्मपत्नीमा भने सङ्क्रमण देखिएकाे छैन ।
उनमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अबस्था सामान्य रहेको थापाले सामाजीक सञ्जालमार्फत उल्लेख गरेका छन् । साथै उनले केहीदिन यता आफूसँग सम्पर्कमा आएकासबैलाइ सुरक्षित र सतर्क रहन आग्रह गरेका छन्