काेराेना संक्रमणका कारण यस वर्ष राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री , पूर्वराजालगायत विशिष्ट व्यक्तिबाट सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम नहुने भएकाे छ ।
सरकारले नै चाडपर्व तथा उत्सव मनाउँदा भीडभाड नगर्न भनेकाले पनि उनीहरू टीका लगाउने नाममा सर्वसाधारणलाइ भीडभाड गराएर संक्रमणकाे जाेखिम गराउने पक्षमा छैनन् । उपराष्ट्रपति नन्दबहादुर पुनले त सार्वजनिक सूचना नै जारी गरेर कार्यक्रम स्थगित गरेका छन्।
राष्ट्रपति विद्या भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहा पनि दशैंमा सर्वसाधारणलाइ टीका लगाइदिने नाममा भीडभाड गर्ने पक्षामा छैनन् । केहीदिनमै उनीहरूकाे कार्यालयले सूचना जारी गरेेर स्थगित बारे जानकारी गराउने स्राेतले बताएकाे छ ।दशैंको टीका मात्र होइन, शक्तिपीठ दर्शन र पूजापाठलगायत सबै कार्यक्रम स्थगित भएको स्रोतले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डले एउटै घरमा बसोबास गर्नेबाहेक अन्यसँग भेटघाट गर्न बर्जित गरेकाले यस वर्षकाे दशैंमा भीडभाड हुने छैन ।