कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध हस्ताक्षर शुरु गरेका कुर्मराज शाही नेकपा संसदीय दलको सचेतकमा नियुक्त भएका छन्।
अबिश्वास प्रस्ताब दर्ता गरेर मुख्यमन्त्री शाहीलाई हटाउने खेल शुरु भएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पहलमा बरिष्ठ नेता माधव नेपाल पक्षीय शाहीलाई दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले मंगलबार सचेतक पदमा नियुक्त गरेका हुन्।
नेपाल पक्षीय नेताहरु पछाडि हटेर उनको नियुक्ति भएसँगै अविश्वास प्रस्ताव अलपमतमा परेको छ। मुख्यमन्त्री शाहीले आफू बिरुद्ध हस्ताक्षर शुरु भएपछि आइतबार प्रमुख सचेतक यामलाल कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी सचेतक सीता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए।
अबिश्वास प्रस्ताबको बिपक्षमा नेता नेपाल पक्षीय नेताहरु देखिएपछि मुख्यमन्त्री शाही मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेका छन्। अध्यक्ष दाहाल र नेपाल पक्षबीच भएको सहमति अनुसार मुख्यमन्त्री शाही मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेका हुन्।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १८ जनामध्ये ७ जना नेपाल पक्षका, ८ जना अध्यक्ष केपी ओली पक्षका र ३ जना अध्यक्ष पुष्पकमल दाहाल पक्षका रहेका छन्।