भूकम्पपछिको पुन:निर्माणमा सघाउने भनी गरेको प्रतिबद्धता बमोजिम भारतले नेपाललाई एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको चेक दिएको छ ।
अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालाई भारतीय दूतावासकी डेप्युटी चिफ अफ मिसन नाम्ग्या खाम्पाले मंगलबार सो चेक हस्तान्तरण गरेकी हुन् ।
भारतले आवास परियोजनाका लागि करिब १८ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर) अनुदान र सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता जनाएको थियो ।
नुवाकोट र गोरखामा ५० हजार घर बनाउन सहयोग प्रतिबद्धता जनाइएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।