सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठकमा पार्टीको आन्तरिक बाँकी एकता प्रक्रियाबारे छलफल हुने भनिएको थियो । नेताहरूकाे व्यस्तताका कारण भाेलिलाई सारिएकाे नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो । भाेलिका लागि सारिएकाे बैठक भने बालुवाटारमा दिउँसाे १२ः३० मा बस्ने स्राेतले जनाएकाे छ।
मन्त्रिपरिषद पुनर्गठनमा सचिवालय सदस्यहरुको एकमत देखिए पनि त्यसको खाका बन्न बाँकी रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।बाँकी कार्यसूचीमा पार्टी एकताका बाँकी काम टुङ्ग्याउने, संवैधानिक निकायमा बाँकी नियुक्तीका विषयमा छलफल गर्ने, एकता महाधिवेशन तयारीको काम गर्ने लगायत छन् ।