सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएकाे छ।पूर्वमाओवादीको पार्टी कार्यालय रहेको पेरिस डाँडामा बिहान ११ बजेका लागि बैठक तय भएकाे थियाे ।
प्रधानमन्त्रीकाे व्यस्तताका कारण बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको नेकपा अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक गतिविधि,महाधिवेशनको तयारी, कोरोना नियन्त्रणका लागि सरकारबाट भईरहेको प्रयास,मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्ति र पार्टी एकीकरणका बाँकी कामहरुबारे छलफल हुने बताइएको थियो ।