नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन् ।संसद सचिवालयमा बिहीबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सथप गराएका हुन् ।
सरकारको सिफारिसमा बिहीबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रिय सभा सदस्य पदमा मनोनयन गरेका थिए । सपथपछि अध्यक्ष तिमिल्सीनाले गौतमलाई सांसदको ब्याच लगाइदिएका थिए ।
सपथ ग्रहणपछि गौतमले राष्ट्रियता, जनताप्रति बफादार भएर भूमिका निभाउने बताए । पार्टीको समाजवादमा जाने लक्ष्यमा पुग्न आफूले भूमिका खेल्ने उनले बताए।
सपथ ग्रहण कार्यक्रममा नेकपा नेता एवं पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल तथा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी थिए । प्रतिनिधिसभा निर्वाचनमा पराजित गौतमलाई राष्ट्रियसभा पठाउने निर्णयको विरोध भए पनि बुधबार मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।