नेपाली कांग्रेसका महामन्त्री डा शशांक काेइरालाले आफ्नाे स्वास्थ्य अवस्थामा सुधार हुँदै गएकाे बताएका छन् ।
चाबहिलस्थित ओम अस्पताल भर्ना भएका डा काेइरालाले बिहीबार भिडियाे सन्देश मार्फत आफ्नाे स्वास्थ्य अवस्था राम्राे रहेकाे बताएका हुन् ।
उनले आफ्नाे स्वास्थ्यकाे बारेमा कुनै चिन्ता गर्नु पर्ने अवस्था नरहेकाे भन्दै दुई/तीन दिनमा निकाे भएर घर फर्कने बताए । काेराेना संक्रमणपछि घरमै बसेका काेइरालालाई निमाेनियाकाे शंका भएपछि हिजाे मात्र अस्पताल भर्ना गरिएकाे हाे । हाल उनी अस्पतालकाे आइसाेलेसनमा छन् ।
यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यावस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन्। सभापति देउवाले महामन्त्री कोइराला चाँडै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेकाे पार्टी कार्यालयले आज जनाएको छ ।