नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १५ सय ३९ जना संक्रमित थपिएको जानकारी दिए ।
२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । पछिल्लाे समय ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
हालस सक्रिय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरुको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउन र सम्पर्कमा आएकाहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न भनेकाे छ । नेपालमा जति पनि मृत्युका छन् ती मध्ये धेरैजसाेकाे मृत्यु पछि मात्र काेराेना पुष्टि भएका छन् ।
कोरोना संक्रमण भए यता अस्पतालमा मृत्यु भएकाहरुको स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियाे ।