सरकारले सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त एक पदमा गाैतमलाइ सिफारिस गर्ने निर्णय गरेकाे हाे।
नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्त गर्ने चर्चा चले पनि सोमबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको छैन ।