राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छिन् ।
राष्ट्रपति भण्डारीले भनिन्, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ, त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु ।”
सिन्धुपाल्चोक जिल्लाका कतिपय गाउँमा पटक पटक पहिरो गई ठूलो मात्रामा जनधनको क्षति भएपछि राष्ट्रपतिले आइतबार सरकारको ध्यानाकर्षण गराउँदै सो आग्रह गर्नुभएको जानकारी राष्ट्रपतिको सचिवालयले दिएको छ ।