काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य १३ दिनमा कोरोना मुक्त भएका छन् ।
श्रीमतीलाई कोरोनासँग मेल खाने लक्षण देखिएपछि ग्रान्डी अस्पताल भर्ना गराउन पुगेका मेयर शाक्यको पीसीआर पोजेटिभ देखिएपछि भदौ १५ गतेदेखि आइसोलेसनमा बसेका थिए । उनकाे शनिबार दिएको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
एक दुई दिन घरमा आराम गरेर कार्यालय फर्कने सचिवालयले जनाएको छ ।