सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पहिरोमा परी अरु २० जना अझै बेपत्ता छन्।
गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । प्रजिअ ढकालका अनुसार १९ वटा घरमा क्षति पुगेको छ।