आजका लागि बाेलाइएकाे मन्त्रिपरिषद्को बैठक स्थगित भएकाे छ ।प्रधानमन्त्रीकाे व्यस्तताका कारण बैठक स्थगित गरिएकाे स्राेतले बताएकाे छ ।
मन्त्रिपरिषद्को बैठक साँझ बोलाइएको थियो । भाेलिका लागि सारिएकाे बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने मन्त्री पुनकाे तयारी छ। तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।
यस्तै बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने स्राेतले जनाएकाे छ ।