प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन्।
बीपी जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा देउवाले कोरोनाले संक्रमण बढे पनि सरकारले पिसिआर परीक्षणको दायरा नबढाएको तथा आइसोलेसनहरू पर्याप्त नबनाएको आरोप पनि लगाए।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको देउवाको भनाइ थियो। उनले पार्टी भित्रको विवाद आजको नभएको भन्दै विगतमा जस्तो नेताहरूले पार्टी छाड्नुपर्ने अवस्था आउन नदिने स्पष्ट पारे।
निष्पक्ष महाधिवेशन गर्न आफू तयार रहेको भन्दै सभापति देउवाले अहिलेको अवस्थामा महाधिवेशन हुन नसक्ने भए पनि सहमतिको आधारमा महाधिवेशन गर्ने प्रतिबद्धता जनाए।
कोरोना महामारीका कारण कांग्रेसले यस बर्ष भर्चुअल रुपमा बीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको हो । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपीको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो। बीपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। कोइरालाको क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते निधन भएको थियो।