नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय बिभागको गठन गरेका छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम शुभेच्छुक संस्थामा सदस्यहरु मनोनित गरेका हुन्।
समितिको उपप्रमुखमा लम्जुङका बिष्णु धिताल तथा सचिवमा दोलखाकी विनिता अधिकारी रहेका छन्। समितिमा संयोजक साउदसहित ४९ जना छन्।