कपिलवस्तु सहित ६२ जिल्लामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षा सम्बन्धी विषयहरु खारेजी गर्न लागेको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।
जिल्लामा रहेका निजि प्राविधिक शिक्षालयका प्रमुख द्वारा आयोगको उक्त निर्णय फिर्ता लिनु पर्नै माग गर्दे प्रजिअ दीर्घनारायण पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो।
सिटीइभिटीले चालु आवको नविकणका लागि आवश्यक दस्तुर जम्मा गराई सकेको अवस्थामा कार्यक्रम स्थगित गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
कोरोनाको महामारीमा संस्थालाई सम्बन्धित सरोकारवालाहरुसंग सरसल्लाह नगरी एकाएक बन्द गर्नु र ऐनमा भएका नियमहरु, ऐनका निर्णयअनुसार तोकिए बमोजिम स्तरोन्नति गर्नुपर्ने र बन्द गर्नु घोर आपत्ति भएको प्राविधिक शिक्षालय प्रदेश नं. ५ का अध्यक्ष अरुणकुमार पाण्डेयले बताए।
निजी शिक्षालय र संस्थापकमाथि अन्याय भएकोले निर्णयलाई पुनर्विचार गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। कोरोना भाइरस संक्रमणको बेला निजी प्राविधिक विद्यालयलाई राहतको सुविधा दिनुपर्ने माग गरिएको समेत ज्ञापन पत्रमा उल्लेख छ।
कपिलवस्तु टेक्नीकल इन्ष्टिच्यूट एवम् प्रदेश ५ का अध्यक्ष पाण्डेय, सिद्धार्थ सिएमए तालिम केन्द्रका राजेश शुक्ला, युनाइटेड नेशनल हस्पिटल प्रा लिका सुन्दर आचार्य र सिद्धार्थ इन्ष्टिच्यूट अफ मेडिकल साइन्सेसका मुकेश कुमार शर्माले ज्ञापन पत्र बुझाएका हुन्।