सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्ततः उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ।
नेकपा सचिवालयको बिहिबारको बैठकले राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाको रिक्त एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनः राष्ट्रियसभामा लैजाने अडानमा रहेको भए पनि सचिवालयका अधिकांश सदस्यले गत फागुनमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा एकमत देखिएपछि बिहिबारको बैठकमा ओलीले नै बामदेवको नाम प्रस्ताब गरेका हुन्।
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम कि खतिवडा भन्ने बिषयमा नेकपाभित्र बिबाद भएको थियो। ।