नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकाे सूचना, संचार तथा प्रचार विभागमा सदस्यहरुको मनोनित गरेका छन्।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित विभागको उपप्रमुखमा सुरेश आचार्य तथा सचिवमा दिनेश थापामगर मनोनित भएका छन्।
असन्तुष्ट पक्षले विभाग गठनप्रति असहमति जनाउँदै अाएका बेला सभापति देउवाले बुधबार प्रचार विभागमा सदस्यहरुको मनोनयन गरेका हुन्।
सुरुमा विभागीय सदस्यहरुको मनोनयनमा पनि गुटगत भागवण्डाकै आधारमा साठी, चालिसको हिस्सा राख्ने भनिएपनि असन्तुष्ट पक्षले आफ्नो तर्फबाट विभागमा सहभागिता नहुने बताएपछि देउवाले विभागीय सदस्यहरु नियुक्त गरेका हुन्।
सभापति देउवाले अहिलेसम्म २० वटा बिभाग गठन गरिसकेका छन्। नयाँ विधानको संशोधित प्रवाधान अनुसार, विभागमा प्रमुखसहित बढीमा ५१ जनासम्म रहनसक्ने व्यवस्था छ।