नेपाली कांग्रेसका युवा नेता नैनसिं महरले युरिया मलको अभाबमा किसानहरु छट्पटाइरहेका बेला सरकारले एक महिनामा तीन पटकसम्म पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेर गरिब जनताको ढाड भाँचेको आरोप लगाएका छन्।
मंगलबार रातिदेखि लागू हुने गरी ओली सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेकाप्रति सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्षसमेत रहेका महरले सरकारको यो कदमलाई निन्दनीय र खेदजनक भनेका छन्।
सामाजिक सञ्जालमा नेता महरले लेखेका छन्, युरिया मलको अभावमा किसानको बिचल्ली भएको बेला जनतालाई सरकारका तर्फबाट यो उपहार हो कि दण्ड? उनले यस्तो बिषयलाई प्रतिपक्षी राजनीतिक दलहरुले पनि सरोकारको बिषय बन्नु पर्ने उनको भनाई छ।