काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई केही खुलुलाे गर्दै पुनः निरन्तरता दिने तयारी गरिएकाे छ।
उपत्यकामा काेराेना संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने तयारी गरिएकाे हाे।तीनवटै जिल्ला प्रशासन कार्यालयले सिफारिसमा थप गरिएकाे निषेधाज्ञाकाे आज रातिदेखि सकिदैछ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा यो पटक केही क्षेत्रलाई खुकुलो पार्ने विषयमा छलफल भएकाे थियाे ।स्राेतका अनुसार आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गरिनेछ ।
भोलि यस विषयमा छलफल भएर गृहमन्त्रालयले निर्णय गर्नेछ ।भदौ ३देखि लागू गरिएकाे निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ ।