सीमा विवादले टुटेकाे प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचकाे संवाद पुन:स्वतन्त्रता दिवसले जाेडाएकाे छ ।
भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले गरेकाे टेलिफाेन मोदीले उठाएर केहीबेर वार्तालाप गरेका थिए ।
सीमा विवादकाे समाधानका लागि प्रधानमन्त्री ओली र परराष्ट मन्त्रालयले थुप्रै पटक प्रयास गरे पनि संवाद हुन सकेकाे थिएन ।परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।
परराष्ट्र मन्त्रालयले दुई देशका प्रधानमन्त्रीबीच द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको समेत वक्तव्य मार्फत जानकारी गराएकाे छ ।