नेपाल आंशिक प्राध्यापक संघको इकाई समितिले पद्मकन्या क्याम्पसमा तालाबन्दी गरेको छ। मंगलबार दिउँसो इकाई समितिले क्याम्पस प्रमुख र कलेजको च्यानल गेटमा ताला लगाएको हो।
नेपाल आंशिक प्राध्यापक संघको इकाई समितिले तीन बुँदे माग सहित क्याम्पसमा ताल्चा लगाएको हो। समितिले आंशिक प्राध्यापकहरुलाई तत्काल बिनाशर्त करार गरिनुपर्ने, बन्दाबन्दी अवधिभर खाईपाई आएको ज्याला उपलब्ध गराउनुपर्ने र समान कामको समान ज्याला कायम हुनुपर्ने लगायत माग छन्।
नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय समितिको आह्वामा त्रिवि अन्तर्गतका आंगिक क्याम्पसमा गरिएको देशव्यापी तालाबन्दीमा ऐक्यबद्धता जनाउँदै पद्मकन्यामा तालाबन्दी गरिएको पद्मकन्या इकाईद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।