उच्च अदालत पाटनले लगानी बोर्डको कार्यकारी अधिकृतमा नियुक्त सुशील भट्टलाई काममा नलगाउन आदेश दिएको छ ।
सरकारको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशले यस्ताे आदेश दिएको हाे ।
दुवै पक्षलाई साउन ३२ गते छलफलका लागि बाेलाइएकाे छ ।
उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीका अनुसार अदालतले भट्टलाई सिईओको हैसियतमा काम अघि नबढाउन पनि आदेश दिएको छ। सरकारले विवादित पृष्ठभूमिका भट्टलाई अघिल्लो साता लगानी बोर्डको सिईओ बनाएको थियो ।
लगानी बोर्डमा भट्टलाई नियुक्त गर्ने निर्णय बदर गर्न मागसहित अधिवक्ता जयबहादुर भुजेलले आइतबार रिट दायर गरेका थिए।