पर्सामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । संक्रमितम हुनेमा १७ जना महिला रहेका छन् ।
संक्रमितमध्ये २७ जनामा कन्टयाक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा.निरजकुमार सिंहले बताए । ५ जना संक्रमितमा ज्वरो र खोकीको लक्षण देखिएको छ ।
नारायणी अस्पतालका थप ५ जना स्टाफमा पनि कोरोना संक्रमण देखिएको छ । सोमबार राति संक्रमण पुष्टि भएका ५५ जनामध्ये १० जना संक्रमित वीरगन्ज महानगरपालिका–४ विर्ताका बासिन्दा हुन् । ५ जना संक्रमित वीरगन्ज–१ छपकैयाका र ३ जना संक्रमित माइस्थानका हुन् । पछिल्लाे समय पर्सा काेराेनाकाे हटस्पट बन्दै गएकाे छ ।