नेकपा अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ
बुधबार बिहान ५३ जनाको स्वाब परीक्षण गरिएकाेमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण देखिएको हो ।
काेराेना पुष्टि भएका ती सुरक्षाकर्मीहरू भान्छे, गेटमा खटिने, सेन्ट्रीमा रहेकाहरू हुन् ।
अध्यक्ष प्रचण्डसहितका परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना पुष्टि नभएको दाहालको सचिवालयले जनाएको छ ।