सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधबकुमार नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भका कारण एकीकरणको कामले पूर्णता पाउन नसकेको बताएका छन्।
काठमाडौमा बुधबार आयोजित एक अन्तरक्रियामा बरिष्ठ नेता नेपालले एकता प्रक्रिया ठप्प हुनुमा प्रधानमन्त्री ओली जिम्मेवार भएको आरोप लगाए।
असहमत पक्षलाई पेलेर अघि बढ्ने र पार्टीलाई आफ्नो बिर्ता ठान्ने ओलीको कार्यशैली एकता प्रक्रिया अघि नबढेको उनको भनाई थियो। ओलीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको भए पनि म नै राज्य, म नै पार्टी ठानेका कारण आफूले त्यसलाई अस्वीकार गरेको नेता नेपालले उल्लेख गरे।
बहुमतको निर्णय मान्दिन भनेर ओलीले अर्को खेमाका नेताहरुलाई धम्क्याएकोप्रति नेता नेपालले बहुमतको निर्णय पार्टीको निर्णय हुनेछ भन्ने प्रावधान पार्टीको विधानमा लेखेर आफूहरुले बुद्धि पु¥याएको स्मरण गरे।