सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका चार नेताबीच खुमलटारमा भएको छलफल सकिएको छ।
अइतबार बिहान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे आफू निकटका सचिवालय सदस्यहरुलाई व्रिफिङ गर्दै अध्यक्ष दाहालले स्थगित स्थायी समिति बैठक बोलाउन र पद छोड्नुपर्ने भन्ने दुबै माग ओलीले अस्वीकार गरेको बताए।
उनले प्रधानमन्त्री ओली सहमतिमा आउन नचाहेको कुरा सुनाएका थिए। बैठक फेस गर्न तयार नभएका ओलीले महाधिबेशनबाट निकास निकाल्न आफू तयार रहेको कुरा बालुवाटारमा आफूलाई सुनाएको उल्लेख गरे।
खुमलटारको छलफलमा बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए।