राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तारुढ नेकपाभित्रको पदको लडाइले जनताको अपेक्षा अनुसारको काम हुन नसकेको आरोप लगाएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले कोरोना महामारी, बाढी पहिरो लगायतले जनता प्रभावित हुँदा पनि नेकपा भने पदको लडाइमा अल्मलिएको बताए। दुःखका बेला सरकार जनताको साथमा नहुनु दुर्भाग्य भएको उनको भनाई थियो।
उनले सत्तामा पुग्ने होडबाडीले जनताका समस्या सम्बोधन हुन नसकेको धारणा पनि राखे। केसीले कोरोनाका कारण बेरोजगार भएर बिदेशबाट स्वदेश फर्केका नेपालीलाई रोजगार दिने सरकारको कुनै योजना नदेखिएको बताए।
केसीले संघीयता मुलुकको हितमा नरहेको समेत पुरानो भनाई दोहर्याए।