प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्यान्डस्थित स्वीस बैंक खातामा ५५ लाख डलर रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ ।
रोनाल्ड ज्याकार्डले तयार पारेकाे प्रतिवेदनमा ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ । ओली र उनकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी आउने गरेको छ ।
पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाएका थिए । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ ।
सो प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ ।चिनियाँ नेताहरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ।