प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति दिएपछि भारतले आपत्ती जनाएको छ ।
भारतीय रत्तारुढ दल भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आपत्ती जनाएको छ ।
भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले रामप्रतिको आस्थामा खेलवाड नगर्न चेतावनी दिएका छन ।
सोमबार बालुवाटारमा आयोजित भानु जयन्तीमा प्रधानमन्त्री ओलीले भगवान रामको जन्म भारतको अयोध्यामा नभई वीरगञ्ज नजिकैको गाउँ ठाेरीकाे अयोध्यापुरीमा रहेको बताएका थिए ।
अप्रमाणिक एवं अपुष्ट कुरा गरेर प्रधानमन्त्रीले वातावरणलाई उत्तेजित बनाउने कार्य गरेकाे भन्दै अहिले त्यसकाे विराेध हुन थालेकाे छ ।प्रधानमन्त्रीको यो अभिव्यक्तिले देशभित्र र भारतमा समेत तरंग ल्याएको छ ।