नेकपाका अध्यक्ष पुष्पकमल दाहाल( प्रचण्ड)ले प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्तालाई आग्रह गरेका छन्।
चितवनमा आइतबार आयोजित कर्यक्रममा बाेल्दै प्रचण्डले पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी भन्ने नभएकाे भन्दै सबै मिलेरै नाकाबन्दीको सामना गरेको र नक्सा बनाएको बताए ।
अध्यक्ष प्रचण्डले पार्टी कुनै पनि हालतमा नफुट्ने आश्वासन दिदै नेतृत्वलाई खबरदारी गर्न भने नछाड्न चितवनवासीलाई आग्रह गरे ।
नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको उनकाे भनाइ थियाे।
अाफ्नाे नेतृत्वमा बसेकाे स्थायी समतिको बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर सर्वसम्मत निर्णय गराएको स्मरण गराउँदै के त्यो लम्पसारवाद हो ? भनि प्रश्न समेत गरे ।
प्रचण्डले आफू प्रधानमन्त्री भएकाे बेलामा मधेसवादी दलहरुलाईसमेत समेटेर निर्वाचन सफल पारेको र लोडसेडिङको अन्त्य गरेको समेत दाबी गरे ।