नेकपा स्थायी कमिटीको बैठक फेरि एक साताका लागि स्थगित भएकाे छ ।
देशभर बाढी पहिराेबाट जनधनकाे क्षाति भइरहेकाेप्रति मध्यनजर गर्दै बैठक ७ दिनका लागी स्थगित गरिएकाे नेकपाले जनाएकाे छ ।
पटक पटक स्थगित हुँदै आएकाे बैठक साउन २ गते शुक्रबारसम्म लागि सरेको हाे। नेकपाले सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिँदै सातदिन स्थायी कमिटी बैठक स्थगन गरिएको ट्वीटमार्फत जानकारी दिएका हुन् ।
आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चल्दै आए पनि सहमति हुन सकेकाे छैन । स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।