प्रमुख सत्तारुढ दल नेकपाको आन्तरिक कलहले गर्दा अहिले नेपालमा छिमेकी देश भारत र चीनका गुप्तचरको दौडधुप चलेको छ ।
कुर्सीको हानाथापले गर्दा भएको राजनीतिक अस्थिरताकोबीचमा फाइदा उठाउँन छिमेकी देशका गुप्तचरहरु खुलमखुल्ला राजनीतिक दलका नेताहरुलाई भेट्दै हिडेका छन् ।
प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे पछि चरम उत्कर्षमा पुगेको नेकपाभित्रको आन्तरिक विवादलाई नेपालस्थित चिनियाँ राजदूतको भेटघाटलेले केही मत्थर पारेको हो कि भन्ने आशंकोबीच भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहितलाई नेपाल पठाएको कुरा भारत तथा नेपालका बिभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
केहीसमय अघिसम्म नेपालको राजनीतिमा भारतको हस्तक्षेप हुने गरेकोमा यस पटक चीन हावी भएको देखियो ।
कतै चिनको कारण त नेपालका प्रधानमन्त्री ओलीले नयाँ नक्सा जारी गर्ने र भारत विरोधी अभिव्यक्ति दिने काम भएको त होइन भन्ने पत्ता लगाउन त्यहाका गुप्तचरहरु सलहकै रुपमा नेपाल भित्रिएको सुरक्षा स्रोतले बताएको छ ।
चिनीयाँ राजदूतको संक्रिता बढेपछि संसकीत भएको दिल्लीले आफ्नो प्रभुत्व जमाउन विभिन्न हतकण्डा अपनाउन थालेको छ ।
भारतीय मिडिया द पायोनियरले पनि खुफिया संस्थाका प्रमुखहरु नेपालमा रहेको उल्लेख गरेको छ। अन्तराष्ट्रिय उडान बन्द भएकाले गत शनिवार नै भारतका गुप्तचर एजेन्सीका प्रमुख र कर्मचारीहरु सडकमार्ग हुँदै नेपाल भित्रिएका हुन् ।
प्रधानमन्त्री ओलीमाथि सुरक्षा थ्रेट बढेको भन्दै सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने प्रधानमन्त्रीको सवारी र निवास तथा कार्यालयमा खटिने सुरक्षाकर्मीको हतियार समेत जाँच गरिएको छ।
रअ प्रमुख समन्तकुमार गोयल, आइबी प्रमुख अरविन्द कुमारलगायत गुप्चतर प्रमुखहरू यतिखेर नेपालमै रहेको दाबी गरिएकोे छ। उनीहरु सोल्टी, मेरियट,द्धारिकाज लगायतका होटलमा बसेको बुझिएको छ ।
दुई देशका गुप्तचर र सुरक्षाकर्मीको दौडधुपले कुनै पनि बेला काठमाडौं युद्ध मैदानमा परिणत हुने त होइन भन्ने त्रास पनि उत्पन्न भएको छ । यही यो अवस्था आयो भने यसको जिम्मा नेकपाले नै लिनुपर्ने हुन्छ । किनकि उसकै कारण गर्दा अहिले नेपाली भूमिमा विदेशी गुप्तचरहरुको परेड खेल्ने ठाउँ भएको छ ।
बेमौसममा प्रचण्ड लगायतका नेताहरुमा जागेको सत्ताको भोकले नै यी सबै क्रियाकलापहरु हुन् मलजग गरिरहेको हो । बिना अनुमति काठमाडौं प्रवेश गरेर प्रधानमन्त्रीलाई नै सुरक्षा थ्रेड हुने परिस्थित उत्पन्न हुनु निश्चय पनि राम्रो संकेत होइन ।
कुर्सीको लागि झगडा गरेर विदेशीलाई नेपाल भित्र्याउने नेताहरुको पछिमात्रै नलागेर सेना तथा प्रहरीले संभावित सुरक्षा संबेदनशीलतालाई पनि ध्यान राख्न जरुरी भईसकेको देखिन्छ ।