नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।
राजदूत यान्छीले बिहीबार बिहान प्रचण्डलाई भेट गरेकी हुन्। पछिल्लो समय नेकपामा विवाद बढ्दै भएपछि राजदूत यान्छीले शीर्ष नेतासँगको भेटवार्तालाई तीव्रता दिएकी छन्।
विवाद उत्कर्षमा पुगेर नेकपा विभाजन हुने आशंका बढिरहेका बेला राजदूत यान्छीले एकपछि अर्को नेकपाका नेताहरुलाई भेटेर मिल्नको लागि दबाब दिएको बताइएको छ।
उनले यसअघि, नेकपा वरिष्ठ नेता माधव नेपाललाई गत आइतबार भेटेकी थिइन्। भने अर्का वरिष्ठ नेता झलनाथ खनाललाई मंगलबार भेट गरेकी थिइन्।
यसअघि पार्टीमा विवाद बढ्दै गएपछि असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी किमिटी बैठक अनिश्चि भएको छ।