नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाह्रबिसे क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार गर्न सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले ट्विटरमार्फत सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई बाह्रबिसे क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित उद्धारमा खटिन निर्देशन दिएका हुन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुग्ने देखिएको छ ।
सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु, सभापति देउवाले भनेका छन् ।