नेपाल प्रहरीको आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।
मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका डिआईजी क्षेत्रीलाई महानिरीक्षकमा बढुवा गरेको हो ।
महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । नवनियुक्त आईजीपी थापा ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् ।
नेपाल प्रहरीका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले असार २४ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो ।