समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ ।
निस्कासनसँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् ।पार्टी महासचिव रामसाहयप्रसाद यादव नेतृत्वको कार्यदलले गिरीलाई मंगलबार सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाउन सिफारिस गरेको थियाे ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको उनले विरोध गर्दै संशाेधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएपनि उनले संशोधन प्रस्तावको विरोध गर्दै बाहिष्कार गरेकी थिइन् ।