मुख्य बिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल भएको छ।
देउवा निवास बुढानिलकण्ठमा मंगलबार बिहान भएको छलफलमा जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो पुगेका थिए।
कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला सहभागी भएको देउवाका स्वकीय सचिव भानु देउवाले बताए ।
भेटमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो।