नेपाली कांग्रेसले १४ औं महाधिवेशन फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ।
सोमबार साँझ सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन फागुनमै गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण, नविकरणलगायतका काम तीन महिनादेखि रोकिएपछि बैठकले प्रदेशलगायत तल्ला निकायका अधिवेशन कार्यतालिकामा पनि हेरफेर गरेकाे छ ।
कात्तिकदेखि सुरू गर्ने तय भएको वडा अधिवेशन दुई महिना पछाडि धकलेर पुसमा पुर्याइएको छ।