सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको निर्णायक छलफल सहमति खाेज्ने सहमतिमा सकिएको छ।
नेताहरुबीच ओली र दाहाल बसेर भाेलि बैठक शुरु हुनुअघि पुन छलफल गर्ने सहमति भएकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा निर्णायक वार्ता भएको थियो।
पार्टी फुट्न नदिने उपाय खोज्नका लागि शुरु भएको भनिएको निर्णायक वार्तामा दुबै अध्यक्षका तर्फबाट दुई–दुईजना सहयोगी पनि छन्। ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए।