राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउने कुनै योजना नभएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसहित तीन नेताहरूले स्पष्ट पारेका छन्।
राष्ट्रपति भण्डारीसँग आइतबार बिहान भएको भेटमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालले महाभियोग लगाउने कुनै योजना नभएको प्रष्ट पारेका हुन्।
शनिबार साँझ राष्ट्रपतिलाई भेटेर बालुवाटार फर्केपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने र आफूलाई दुबै पदबाट हटाउने षडयन्त्र भइरहेको बताएका थिए।
राष्ट्रपति भण्डारीसँग भएको करिब ४५ मिनेटको कुराकानीमा महाभियोगका बारे अफवाह फैलाइएको भन्दै अध्यादेशका बारेमा भने आफूहरुले छलफल गरेको बताएका थिए। उनीहरुले राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले चाल्ने असंवैधानिक कदमलाई साथ नदिन पनि आग्रह गरेका छन्।