राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा निर्णायक वार्ता शुरु भएको छ।
पार्टी फुट्न नदिने उपाय खोज्नका लागि शुरु भएको भनिएको निर्णायक वार्तामा दुबै अध्यक्षका तर्फबाट दुई–दुईजना सहयोगी पनि छन्। ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।