सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिबाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।
उनीहरुसँगै सचिवालय सदस्यद्धय बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि शितलनिवास पुगेका छन्।
शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेटेर फर्केपछि मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए। उनले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न निर्देशन दिएका थिए।
यस्तो निराधार कुरा कसले भनेको भन्दै दाहाल, नेपाल र खनाल प्रधानमन्त्री ओलीप्रति रुष्ट भएका छन्। उनीहरुले यस विषयममा छलफल गर्ने छन्। नेकपाभित्रको बिबादका कारण पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिएकी छन् ।