गोंगबु बसपार्क नजिकै रहेको एक ग्यारेजमा आगलागी भएको छ ।
बिहान ३ बजेतिर आगलागी हुँदा ग्यारेजमा रहेको १२ वटा माइक्रोबस जलेको छ । जसमध्ये ४ वटा माइक्रोबसमा भने आंशिक रुपमा क्षति भएकाे छ । विद्युत सर्ट भएर आगलागी भएकाे बताइए पनि आगलागीकाे कारणबारे खुल्न सकेकाे छैन ।घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।
काराेनाका कारण सार्वजनिक यातायातका साधनलाइ सडकमा गुड्न नदिएपछि सबैले यसैगरी ठाउँठाउँकाे ग्यारेमा थन्काएका छन् । यस्ताे अवस्थामा पनि बैंकहरूले पटकपटक फाेन गरेर किस्ता माग्न थालेकाे भन्दै यातायात व्यवसायीहरू चाबी नै बुझाउनेसम्मकाे अवस्थामा पुगेका छन् ।