मुख्य विपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजे शुरु हुने बबैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने बताइएको छ ।
कांग्रेस पदाधिकारी बैठकले यसअघि १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो। सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ।