‘अहिले राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने ठूलो षड्यन्त्र भइरहेको छ। तपाईहरु कसको पक्षमा हुने ?’
राष्ट्रपतिसँग भेटेर शनिबार साँझ फर्केपछि बालुवाटारमा मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफूबिरुद्ध यस्तो षड्यन्त्र भएको भन्दै मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्नुपर्ने बताएका छन्। यसबारे थप छलफल गर्न आज समय नभएको भन्दै आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए। मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए। अर्का मन्त्री गुरुङ प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पु¥याउने बताएका थिए।
प्रधानमन्त्रीले मन्त्रीहरुसँग करिब १ घण्टा छलफल गरेका थिए।