सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज हुने भनिएको बैठक स्थगित भएको छ। नेपालभित्र आन्तरिक विवाद चुलिइरहेका बेला सहमतिका लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास सफल हुन नसकेपछि स्थगित गरिएको बैठक असार २२ गते सोमबार बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार भएको अनौपचारिक छलफल निष्कर्षमा पुग्न नसकेपछि आजका लागि स्थायी कमिटी बैठक बस्ने भनिएको थियो।
सचिवालका दुई तिहाई सदस्य सरकार संचालनमा अक्षम भएका ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने भन्दै राजीनामा माग्दै आएका छन्। तर ओली दुईमध्ये एक पद पनि छाड्न तयार छैनन्।